नाच्चुको यात्रा
- ससीम पौडेल
चिकित्सा विज्ञानशास्त्र
सेप्टेम्बर १, २००४। मेरो तेस्रो
वर्ष, प्रथम सेमेस्टरको अन्तिम
परीक्षा सकिएको दिन। सधै जसो यतिबेला
सम्ममा म मेरो गर्मी बिदाको मध्यतिर
हुन्थेँ। तर यो वर्ष मेरो जाँच ढिलो
भएकाले, गर्मी बिदा ठ्याक्कै एक महिना
छोटियो। बल्लबल्ल शुरु भएको मेरो यो
गर्मी बिदा खेर फ्यल्ने त कुरै भएन,
त्यसैले जाँच सक्न साथ म हतार हतार
कोठामा आई धनन्जयकोबाट पैँचो मागी
ल्याएको, मेरा धेरै यात्राको साथी,
रुक्स्याक झोलामा कपाडा पोको पार्न
थालें। अनि हान्निदै पुगें ओतारु तिर।
ओतारु फेरी टर्मिनलमा माइजुरु सम्मको
पानीजाहजको टिकट काटें। जाहज छुट्ने
समय गझै बाँकी थियो त्यसैले म लागें
ओतारु शहरको रात्रि दृश्यावलोकन गर्न।
रातको साँढे ११ बजे जाहज छुट्यो।
पानीजाहज भित्रको दृश्य कुनै ५ तारे
होटेल भन्दा कम थिएन। गेम सेन्टर देखि
सिनेमा हल, रेष्टुरेन्ट सबैको
बन्दोबस्त थियो त्यहाँ। तर म ती कसैमा
नभुली आफ्नो दोस्रो श्रेणीको कोठामा
आफूलाई मन परेको एक कुना छानी,
स्लिपिन्ग ब्याग ओछ्याइ, ११ रात अनिदो
भई पढेको थकाइ मेट्न तिर लागें। जम्मा
जम्मी २१ घण्टे पानीजाहज यात्रामा म
मुस्किलले ३ घण्टा जागा रहे हुँला।
त्यो पनि खाना खानको लागि। माइजुरुमा
भोलिपल्ट बेलुकी साँढे ८ बजे पुगियो।
त्यहाँ बाट हिगासि माइजुरु स्टेसन
सम्म हिँडेर गई, ओसाका जान को लागि
रेल चढियो। ३ वटा रेल फेरे पछि, रातको
१ बजे म ओसाका स्टेसन आइपुगें।
ओसाका स्टेसनमा बिजेन मलाई लिन
आईपुगेको थियो। बिजेनको कोठामा त्यो
रात बिताई, भोलि पल्ट नेपाल देखि
आइराख्नु भएको बिजेनको बुवा र बिजेन
संग ओसाका घुम्न हिडियो। कोबेबाट,
मैले हरेन्द्रलाई पनि बोलाए। ४ जना
मिलि ओसाकाको बजार चक्कर मरियो।
लुसुनको त्यो दिन बाट कक्षा सुरु हुने
हुँदा कक्षा सकेर अलि ढिलो गरि
आइपुग्यो। एकै छिन ४ जना मिलेर बलिङ्ग
गरियो। त्यो दिन लुसुन, हरेन्द्र र म
यो वर्ष अन्डरग्रजुएट मा मोनबुसु
छात्राबृत्ति पाएर आएका, हाम्रा
नेपाली “कोहाई”
हरुलाई भेट्न ओसाका गाईदाई तिर
लागियो। हरेन्द्र ओसाका गाईदाई र म
टोक्यो गाईदाईमा हुँदा, गार्मी बिदामा
म १० दिन जति ओसाका गाईदाईमा बसेको
थिएँ। ति कुराहरु अनि संगै गरेका
रमाईलोहरु, अनि कोहाईको बरेमा कुरा
गर्दै बेलुकि पख गाईदाई पुगियो।
त्यहाँ तीन जना केटाहरु, जय, अश्विन र
देवेन्द्र संग चिनापर्चि गरि, सबै
मिलि खाना पकाई खाईयो। धेरै रमाइला
कुराहरु पनि गरियो।
रातको १२ बजे तिर, हरेन्द्रले
जङ्गाएर, कोहाईहरु, लुसुन, हरेन्द्र र
म संगै रहेको रुखै रुखले ढाकिएको,
पहाड चढ्न भनि हिडियो। जंगली भिरालो
बाटो बुट्यानका भरहरुमा उक्लदै, लड्दै
हरेन्द्रलाई सराप्दै, हुदै नभएको
बाटोमा बाटो बनाउदै हिड्दा कतै बाटो त
बिराइएन भनेर सोच्दै, जाने भनेर
हिडेको, पहाड माथिको घर सम्म पुगियो।
बाटो अति नै भिरालो र चिप्लो भएकोले,
मेरो चप्पल पनि चुड्यो। चुडेको चप्पल
जासोतसो सम्हालदै, कहिले खालि खुट्टा
त कहिले लङ्गडो बन्दै यात्रा पुरा
गरियो। फर्कदा, जयको रुमालले चप्पललाई
खुट्टामा बाधि,
अलि सजिलो बटो खोजि, गाईदाई फर्क्यौ।
भोलिपल्ट कोहाईहरुसंग बिदावारि भएर,
नजिकै रहेको लुसुनको कोठामा गइयो।
एकजनाको लागि मज्जाकै कोठा लिएको
रहेछ।
त्यसपछि, कोबेमा हरेन्द्रकोमा जाने
कुरा भई तिनै जना त्यतातिर लागियो।
पोर्ट आइल्यान्ड, अर्थात, समुन्द्रमा
मानिसले बनाएको टापुमा रहेको कोबेको
टापुमा रहेको, छात्रबासमा हरेन्द्रको
बसाई रहेछ। हामीलाई खुबै रमाइलो
लाग्यो। यसो, फिलिम हेरि, खाना पाकाइ
खाएर तिन भाइ गाफगाफ गरिदै रमाइलो
गरियो। राति यसो एकै छिन क्रिकेट पनि
खेलियो। भोलिपल्ट नजिकैको पार्कमा गइ,
त्यहा रहेका जापानीलाई छक्क पार्दै
क्रिकेट खेलियो। त्यस पछि, कोबे सहर
घुम्न भनि हिडियो। समुन्द्रको किनारमा
रहेका झिलिमिलि पुल र भवनहरुले रातलाई
साच्चैनै रंगिन बनाउदै थियो। यताउति
डुलियो, कराओके गएर तिन भाइले टन्न
गित पनि गाइयो अनि कोठामा फर्क्यौ।
भोलि मेरो टोक्यो तिर हिड्ने योजना
थियो। एक्लै के जनु भनि मैले पनि
हरेन्द्रलाई फकाए। ऊ पनि जान राजी भो।
भोलिपल्ट, हरेन्द्रको एउटा पेपर अझै
बुझाउन बाँकि भएकाले उ हतार हतार त्यो
लेख्न पट्टि लाग्यो भने, म चाँहि,
कति बजेको रेल पाक्डे टोक्यो पुग्न
साकिन्छ हिसाब गर्न तिरलागे। ऊ
मिडनाइट ट्रेन पाइने कुरा मा ढुक्क
थियो भने, म चाँहि पोहोर साल भूँईमा
बसि यात्रा गर्नु पारेको तितो अनुभव
सुनाउदै थिए। उता लुसुन चाँहि आफ्नै
तालमा गितार बजाउँदै थियो। जे होस्
हरेन्द्रले पेपर लेखेर सकेर आफ्नो
विश्वविद्यालयमा पुगि गुरुलाई
बुझाउन्जेलसम्म बेलुकिको ५ बजिसकेको
थियो। मिडनाईट ट्रेन प्याक भएको खबर
पनि स्टेसनबाट पाइसकेका थियौं। लुसुन
पनि कोठातिर लागिसकेको थियो। जहाँसम्म
पुगिएला पुगिएला भन्दै हामी रेलयात्रा
तिर लागियो। झन्नै बेलुकाको पौने ७
बजेको थियो हामीले ओसाका स्टेसन्
छाड्दा। जेनतेन गरि हामामत्चु पुगियो।
रातको १ बजेको हामामात्चुको सयर
गरियो, अनि यहाँबाट चढ्यो भने चाँहि
केहि भन्दैन होला भनि, मिडनाईट रेल
चढि टोक्यो तिर लागियो। सिट बुक
नगारेकोले सिट खालि हुँदा हुँदै पनि,
भूँईमा बसि यात्रा गर्नु पर्ने हाम्रो
बाध्यता थियो। तर पोहोर भूँईमा बस्ने
ठाँउ पाउन समेत मुस्किल परेको बेलामा
यात्रा गरेको मेरो निम्ति यो पनि एउटा
अनुभव थियो। मिडनाइट ट्रेनमा चढि
बिहान सबेरै, हामी दुई हाम्रो
टोक्योमा रहेका मित्र सन्दीपलाई उठाउन
पुगियो।
संगै जापान आएका हामी
तिनजना दुई वर्ष पछि यसरि संगै भेट्दै
थियौं। बिहान उसको पनि कलेज जाने समय
नभइन्जेल दुःखसुखका कुराहरु गरियो।
बिहान ऊ सधै चढेर जाने रेल चढेर हामी
पनि शहर तिर लाग्यौं। बिहानी रेलको
भीडभाड र ठेलमठाल देख्दा, म आफूलाई
विश्वविद्यालय होक्काइडो छानेकोमा
सधैं आफूले खुब बुद्दि पुर्याएँ
जस्तो लाग्छ। त्यो दिन सन्दीपलाई
कक्षामा रम्न दिएर हामी दुई अनिदा
यात्रिहरु रेल चढदै, उघ्दै, सुत्दै,
टोक्योको बिभिन्न ठाँउ पुगियो। हामी
भन्दा एक बर्ष अघि आएका हाम्रा
“सेन्पाई”
शुशिलकोमा पनि पुगियो। बेलुका
सन्दिपसंगै, हामीभन्दा ४ वर्ष अघि
आएका
“सेन्पाई”
चण्डिदाईकोमा बेलुकाको खाना खान
पुगियो। कार्यलयबाट अबेर लाखतरान परेर
आउनु भएको चण्डिदाई र भाउजुसंग
निकैबेर कुरा गरि सन्दिपको छात्रबास
फर्कियौं। भोलि पल्ट
मेरो टोफेलको जाँच दिन जानु पर्ने
हुँदा हरेन्द्र चाँहि साथिसंग
कामाकुरा तिर घुम्न गयो। बेलुका दुबै
जाना टोक्यो गाईदाईमा जम्मा भईयो।
टोक्यो गाईदाईमा यो पटक दुई कोहाई
थिए। दुबै संग च्याटमा कुरा भैराखेकै
थियो। म एक वर्ष टोक्योमा टोक्यो
गाईदाईमै बसेको थिए। तर अहिले गाईदाई
नयाँ ठाँउमा सरेकोले केहि नरमाईलो तथा
पहिला यहाँ आएर बस्दाको रमाईलो सम्झेर
त्यतिबेलाका साथिहरुको न्यास्रो पनि
लाग्यो। त्यतिबेलाका केहि
शिक्षकहरुसंग पनि भेटियो। दुई
कोहाईहरुसंग रमाईला कुराहरु पनि
गरियो। भोलिपल्ट, सेन्दाईबाट मेरो
वंगलादेशको मित्र मेहदी गाईदाई
आईपुग्यो। दुबै मिलि त्यतिबेलाका
रमाईला कुराहरु सम्झौं। हामीलाई
जापानी पढाउने शिक्षक शिक्षिकाहरुसित
पनि भेटघाट गर्यौं। हरेन्द्रलाई अलि
आराम नभएकोले एक चोटि अस्पताल देखाउन
पनि लगियो। खासै धेरै चिन्ता लिनु
पर्ने केहि भएको रहेनछ। त्यो दिन फेरि
कोहाईहरु सित क्रिकेट खेलि, कोहाईसित
बिदाबारि भै बेलुकि मेरो ओकासानलाई
भेट्न हामी दुई एबिसु तिर लाग्यौं।
त्यहाँ रहेको एउटा नेपाली
रेस्टुरान्टमा खाना खादै, बिभिन्न
कुराकानीहरु गर्यौं। ओकासानसंग
बिदाबारि भै हामी सन्दिपको छात्रबास
तिर लाग्यौं। त्यो दिन सन्दिपको
कक्षाको नोमिकाई लम्बिन गई। ऊ कोठा
फर्कन पाएन। हामी दुई सन्दिपको कोठामा
फिलिमहरु हेर्दै रात कटायौं।
भोलिपल्ट हामी दुवैले टोक्यो छाड्नु
थियो। हरेन्द्र बिहान उढ्दा निकै
बिरामी थियो, त्यसैले हामी दुवै दिन
भरि जसो कोठैमा बसियो। बेलुकातिर,
सन्दिप र हामी दुई टोक्यो स्टेसनमा
भेटि, हरेन्द्रको कोबे जाने बसको टिकट
र मेरो सेन्दाइ जाने शिनकानसेनको टिकट
कटियो। हाम्रो नयाँ यात्रा सुरु हुन
अझ केहि समय बाँकि थियो। जुन हामी
तिनले विभिन्न गफहरु गर्दै बितायौं।
शिनकानसेन चडेको डेढ घण्टामा सेन्दाई
पुगियो। हिगासि सेन्दाई स्टेसनमा
कुमार मलाई लिन आएको थियो। भोलिपल्ट
आयामसंग पनि भेट भयो। हामी तिनजना,
त्यो दिन मेरो माइजुको दाजु, जीवन
मामाको घरमा पुगियो। त्यहाँ उहाँको
परिवार र नेपाल बाट आउनु भएको बुवा
मुमा संग पनि भेट भयो। त्यो दिन
सेन्दाइ सहर र तोहोकु विश्वविद्यालय
पनि अलिकति घुमियो। भोलिपल्ट कोठामै
खाना पकाएर खाइयो। दिउसो सेन्दाइमा
रहेकि मेरी वंगाली मित्र रानीसंग
भेटि, सबैसंग बिदाबारि भै, म सेन्दाइ
बन्दरगाहमा तोमाकोमाई जाने पानीजाहज
चढ्न निस्के, होक्कइडो तर्फ फर्कनको
निम्ति।
यो पल्टको गर्मी
बिदामा मैले धेरै समयसम्म नभेटेका
मित्रहरुसंग फेरि भेटि, मेरो मिठो
विगतलाई सम्झने प्रयाशः गर्दै केहि
नयाँ नाताहरु पनि जोडि आएँ |