Home About HUNSA Publication Members Committees Photo Gallery Notice Board Links

होकुदाई बिसौनी

नयाँ अंक

अंक ४, कर्तिक २०६१

विषय सुचि

मुख्य पृष्‍ठ
सम्पादकीय
अन्तर्वाता
कविता
लेख
यात्रा संस्मरण

सोध सारंश

विविध

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Hokudai Bisauni is a biannual (Nepali New Year and Dashain) publication of HUNSA.

Opinions expressed herein are those of the authors and do not reflect policy of HUNSA. 

होकुदाई बिसौनी
             ‍                                
अंक ४, कर्तिक २०६१
                          कविता

               हराएका बुद्धहरु

मदन सिग्देल
भरतपुर-१०, चितवन

युद्ध र बुद्ध बीचको समानता भेट्ने बुद्धहरु
आज युद्धको अभ्यासमा अग्रसर छन्
हिजो बुद्धलाई देख्दा युद्धको गन्ध विलीन थियो
तर आज समयको चक्र संगै
युद्धले बुद्धलाई लखेटिरहेछ
बिचरा बुद्ध शरणार्थी बनि कता हो कता हराएका छन्
आज कसैले खोजेका छैनन्, बुद्ध मरे की?
ज्युदै छन् की ? कतै लुकेका छन् की?
भोक भोकै छन् की ? कसैले टन्न खुवाएर
आफ्नो र विरानोको दोसाँधमा
विरानोलाई आफ्नो ठानिरहेछन्।

सुन्दर, शान्त र विशाल भूमिको मन्त्र घोकाउने
हाम्रा अग्रजहरु नतमस्तक छन्
बुद्ध, शान्ति र सगरमाथाको विशेषणलाई
तोते बोली र थोते बोलीले नथाकिकन
फटकारने हाम्रा पुस्ताहरु
ट्वाल्ल परेर हेर्ने रमिते नबनेर के गरुन् त?
चिच्याइ चिच्याइ कराइ कराइ थाकिसके
अहिले उनिहरुको ओठ तालु सुकिसके।

युद्धको उन्मादले दानव र मानवको बिचको
खाडल पुरिएको बेला
हाम्रा बुद्ध खोज्न म पनि निस्केको छु
सायद यतै कतै छन् की?
हुन सक्छन् होक्काइडोमा पनि।

**********************

जलेको वादल

{       संजय आचार्य
चुँदी, रम्घा, तनहुँ।

सधैंझैं,

आज पनि खबरहरु आंशुले भिजेर आएछन्

निथ्रुक्क भिजेको अखवारको पानाभित्र

मानौं,

अक्षरहरुको केशिका जालोमा

पीडाका भंगालोहरु समेट्दै

रगतहरु बगेका छन्।

 

असारे पन्ध्र र तीजका गीतहरु

अरण्य रोदनले भरिदा

म पनि

अखवारका पानाहरुमा

विधवा गीत र टुहुरा कविताहरु भर्दै

गरीबी बेचिरहेछु।

 

शुश्क हावाको निरन्तर झोक्कामा

यी नदी, पहाड, हिमाल र हरिया बुट्यानहरुमा

शनै शनै हराउँदै गएको जीवन

एउटा मात्रै भरोसाको त्यान्द्रो

पश्‍चिमी आकाशमा अल्झिने कालो वादल

अनि,

साउने झरीको पट्यारलाग्दो पर्खाइमा

धेरै गृष्महरु बिताए पनि

नीलो आकाशलाई छोपेको त्यो कालो बादलले

आज सबैको जीवन बोकेर उड्न थाले पछि

प्राणहरु संकटमा परेका छन्

यो निरीह धर्तीमा।

 

मेरो आँखा अगाडि अतृप्‍त प्यासमा बाँचेका

सुन्दर पहाडहरु जले

सृजनाका मुहानहरु सुके

सहनशील पृथ्वी भासियो

अनि,

गृष्मको रापमा

त्यो दूर देशको वादलमाथि

वसन्तका पालुवाहरुले

फक्रने सपना बिसाए

सुकेका खोलाहरुले सुसाउने तृष्णा साटे

तर,

सबैको आशाको केन्द्र

त्यो कालो वादल

आज आफै जल्न थालेको छ।

 

लामो कालदेखि

चीसो आकाशे पानीको अनवरत प्रतीक्षामा

बस्दा बस्दै

गृष्मको तापसंगै

उजाड डाँडाहरुमाथि माडारिएका वादलहरु

अनि पानीका थोपाहरु

आज आफैं जलेपछि

यी कुण्ठित मनहरुभित्र

डढेलो लागेको छ।

 

भाँचिएको मनसंगै थकित शरीरले

गह्रौं भारी बोकेर उराठलाग्दो पहाड उक्लदा

छाती छोपिएर मुटु चुडालिए जस्तो

यो अतृप्‍त आशा र असैह्‍य वेदनाको घुम्टोभित्र निसास्सिंदा

गन्तब्य पनि

आफैंभित्र हराएको छ।

 

(अश्विन २०६१, होक्का‌ईडो विश्वविद्यालय, जापान)

**********************

साप्पोरो शहर

     - केशुमाया खनाल
दमौली, तनहुँ   

लाखौं छन् गाडी लाउदैनन् हर्न गुड्दछन् सरर।
शान्त छ अति आन्दमय साप्पोरो शहर॥

धुलो धुवाँ देखिन्न कतै धमिलो हैन नि।
टाढाको बस्तु देखिन्छ प्रस्टै तुवाँलो छैन नि॥

शहर सारा अतिनै सफा सुग्घर राखेको।
बाटो र खोला रुख नि कस्तो चिटिक्क पारेको॥

कहिले हुने अतिनै जाडो हिउले कठ्याउने।
कहिले हुने हरियाली सारा मनै लोभ्याउने॥

पौष र माघ लड्दै र उठ्दै हिऊको ह्रासमा।
वैशाख ज्येष्‍ठ मगमग आउछ फूलको वासना॥

ओदोरी टावर चढेर हेर्दा क्या लाग्दो रहर।
चारै दिशा झिलि र मिलि साप्पोरो शहर॥

बिचमा बाटो दायाँ र बायाँ साकुरा फुलेको।
बिर्सि यो सारा घरसंसार त्यहि मन भुलेको॥

रंगी विरंगी फुलेछ फूल के गरु बयान।
हेरिरहुँ जस्तो बसिरहुँ जस्तो ओदोरी कोयन॥

फुलेको फूल हेरेर हिड्छन् बिगार गर्दैनन्।
टिप्नको नाममा नजिक गई पात पनि छुदैनन्॥

कहिले हुने युकिमाचुरी कहिले हानामी।
बिभिन्न ठाँउका मान्छे आउछन् त्यो हेर्न नि॥

           ****************************

गजल: जुनेली छाँया

संजय गिरी
बिराटनगर

मेरा लागि तिम्रो यौवन किन त्यस्तो भो।
तलाउमा जुनेली छाँया छोए जस्तो भो॥

आफ्नतपन किन लाग्छ बुझ्दिन म केहि -२
यो परिचयकरण पनि सपनाको गाथा जास्तो भो।
तलाउमा जुनेली छाँया छोए जस्तो भो॥
 

स्वप्नवत यी नयन हरपल पर्खाइमा -२
अंततः सम्पूर्ण आकांक्षा किन सास्तो भो।
तलाउमा जुनेली छाँया छोए जस्तो भो॥
 

मुर्तिको साधनामा चाहेको जिवन विताउन -२
भत्किएको मन्दिरको आधार जस्तो भो
तलाउमा जुनेली छाँया छोए जस्तो भो॥

कसुर तिमरो यौवनको हो या मेरो भावनाको -२
मस्तिष्कका धारा समेटिएर भुटभुटिए जस्तो भो।
तलाउमा जुनेली छाँया छोए जस्तो भो॥
 

सुगन्धित वहारमा सुमनसंग रमाउने रहर -२
नियास्रिएर उपवननै उजाडिए जस्तो भो।
तलाउमा जुनेली छाँया छोए जस्तो भो॥

**********************

अल्लाहलाई निवेदन

सुबेश घिमिरे
 २००४।०९।१५।
साप्पोरो, जापान ।।

घना गृहै युद्ध, मुलुक भर नै बादल सरी,

अनिश्चित् प्राणै भो, अब शिव हरे ज्युनु कसरी -

भरै के गोलीको - पट पट कतैबाट उदर,

फुर्टाई, प्राणै यो, हरण सहजै गर्न सफल ।।

।।१।।

म एक्लो श्रोतै त्यो, बिकल घरको गासहरुको

सुराकी िद्रोही पनि फगत मै लक्ष सबको ।।

तगारो सत्तैको ππ पनि दिन दिनै मै हुन गए

मुटू नै भारी भो, छटपट ब्यथा नै बढि भए ।।

।।२।।

पिता माता बृद्धै, सकल अबुझै सन्ततिहरु,

जहानै मेरी ती, हर बखत सेवै गरि अरु,

सघाछिन् मै लाई, सकुशल रथै तान्न घरको,

भयो यात्रा गाह्रो, जिवन पथमा यो अबलको ।।

।।३।।

अघोरी आतङ्कै, सहन सजिलै मुश्किल हुदा

मुलुकै त्यागी त्यो, झटपट बिदेशी सरणमा

गएको देखेरै, दिन दिन चिनेका जति सब

गरें लौ निर्णय, गइ म पनि हालौं भनि अब ।।

।।४।।

छिचोली पर्वतै, नदि अनि समुन्द्रै र बन पनि

गति ली वायूको गगन भर नै गर्जन गरी ।।

घटा ती मेघैको पनि पल-पलै देख्न सकियो

अभागी पर्ूर्पूरो, सहजसित जोर्डन् पुगि गयो ।।

।।५।।

मिलाई जम्मा दर्जन जन थियौं जान फगत

''इराकै जाओ  लौ" दिइकन कठै उर्दि सहज

कुदाए गाडीमा ππ पथभर धुलो बुङ्ग उडिगो

अहो  कस्तो रुक्खो - मन, पवन मृगै-मरिचिको

।।६।।

उजाडै भूमी त्यो, दुर दुर तकै बृक्ष न लता

न देखिन्छन् पंक्षी नभ भर न ता जन्तु फगत ।।

न पानी नै त्याँहा, सुदुर तक रेतै गरम त्यो ,

डढेलै लागी गो, मन भितर देखी नजर त्यो ।।

।।७।।

रबि ती गर्भैमा, दुर क्षितिजको सुस्त गतिले

बिलाए पोतेरै, अबनि सब लालै किरणले ππ

न भूमी आफ्नै त्यो, न त छन कुटुम्बै पनि कुनै,

मनै यो भन्दैथ्यो, ''अब मरण भो लौ अकरणै ππ"

।।८।।

नभन्दै आए ती, अमनुज हरुका दुतहरु

बनाए बन्दी नै, नबुझिकन हाम्रा मनहरु

भनेको ''अल्लाहा" शिवाय अरु केही नबुझिने

जबानै अप्ठ्यारो, सहजसित बोल्नै नसकिने ।।

।।९।।

सुनायौं खोलेरै, मन भितरका दुःख र पिरै

बुझायौं ज्यामी हौं, भनिकन मनैका बह सबै

चिनाई नक्सैमा मुलुक अति स्यानो भनिकन

बतायौं बुद्धैको जनमथलका हौं भनिकन

।।१०।।

पुकारा देशैको, निरिह सरकारै सित पनि

''बचाओ प्राणै लौ गरिकन अपीलै अब" भनी

''भरोसा त्यत्ती मै, अब फगत प्राणै, रहन को"

गरेथ्यौं टिभी मै, पटक पटकै लौ अरबको ।।

।।११।।

 

नहुदा देशै त्यो, जगत भर नै खास सबल

नगर्दा रत्ती नै पनि जबरले खोज खबर

कठै यी प्राणैको, हबिगत हुने भो अब छिटै

बिदेशी भूमीमा, अब सिचन भो लौ रगत कै ।।

।।१२।।

लर्डाई बालूमा, नयन पनि छोपी फगत यी,

न बाहू नै खुल्ला, न त सकिनु चल्नै अलिकति

नबोल्नै पाईयो, मरण पलमा अन्तिम घडी

अहो कस्तो भाग्यै, कति कठिन त्यो जिवन गति ।।

।।१३।।

छुरा ती धारीला, झटपट लिई रेट्न अब त

बसे ती ''अल्लाहै" लिइकन कठै नाम फगत

भिजायो बालू त्यो, रगत जमिनैमा बगि दिदा

सकियो चोला त्यो, अनि सुरु भयो यात्रा नबिन ।।

।।१४।।

पुगी देबै लोक्मा, सहज सित भेटै गरिकन

सोधुँला अल्लाहैसित ''किन कठै मानविपन -"

''हरायो धर्तीमा - अब अरु कतिन्जेल तक -" भनी ।

गरुँला प्रार्थानै, ''मनुज सबको हृदय, भरी"

।।१५।।

''दया माया मात्रै, सकल भरि देऊ अब अनि,

नदेऊ रत्ती नै, फिजिन असहिष्णुपन पनि ।

फुलाऊ धर्ती त्यो सबजन रहुन् हषिर्त भई

कसैको मेरो झैं, मरण अब नहोस् लौ अनहकै"

।।१६।।

-इराकमा अनाहकमा प्राण गुमाएका निर्दोष नेपालीहरुको आत्माको चीर शान्तिको कामना गर्दै यी शब्द सुमन सश्रद्धा अर्पण गर्दछु । )

Any reproduction or copy of this magazine is welcomed with appropriate acknowledgement.